Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब साढे १९ अर्ब, सलिकोको कारोबार पहिलो नम्बरमा

मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब साढे १९ अर्ब, सलिकोको कारोबार पहिलो नम्बरमा
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब साढे १९ अर्ब रुपैयाँ आर्जन गरेका छन्। शुक्रबार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६२ हजार १९६ वटा बीमा पोलिसी जारी गरेका छन् । त्यसबापत ती कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै २ लाख ५९ हजार ९८ वटा पोलिसी जारी गरी कुल ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क उठाएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ५ महिनामा १ लाख ७ हजार ९२० बीमालेख जारी गरेको छ । कम्पनीले सो बापत कुल २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सले १ लाख ३० हजार १६७ बीमालेख जारी गरी २ अर्ब १५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यस्तै, तेस्रो नम्बरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । इनस्योरेन्सले २ अर्ब रुपैयाँ बीमाशुल्क उठाएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, ८४ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २२ करोड, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit