images images images
images images images
images
images
images

ग्राहकले अब ६ हजार ५८ रुपैयाँ किस्तावन्दि योजनमा सहज रुपमै एथरका इलेक्ट्रिक लिन पाउने

images

काठमाडौं । एथरका इलेक्ट्रिक स्कुटर अब ग्राहकले आईडी कार्डको आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना नै खरिद गर्न सक्ने भएका छन् ।

एथरको नेपालका लागि आधिकारिक वितरक बैद्य इनर्जिका अनुसार, अंग्रेजी नयाँ वर्षको अवसरमा स्कुटर खरिद प्रकृयालाई सरल बनाउँदै ग्राहकहरूले केवल मान्य परिचय पत्र (आईडी कार्ड ) देखाएर अतिरिक्त वित्तीय कागजात बिना एथर स्कुटर खरिद गर्न सक्नेछन् ।

images
images

यस परिचयपत्र–आधारित वित्तीय योजनाले इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिने अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ। अब परिचय पत्रकै भरमा ग्राहकले ६ हजार ५८ रुपैयाँबाट सुरु हुने सरल किस्तावन्दि योजनमा स्कुटर खरिद गर्न सक्नेछन्।

प्रविधि, प्रदर्शन र ग्राहक अनुभवमा बलियो ध्यान दिँदै एथरले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे बजारको नेतृत्व गर्दै आएको छ । बढ्दो ग्राहक आधारलाई सहयोग गर्न एथरले देशव्यापी रूपमा बलियो पूर्वाधार र सेवा नेटवर्क निर्माण गरेको जनाएको छ । कम्पनीको हाल देशभर ८ वटा एथर एक्सपेरियन्स सेन्टर, एउटा टेष्ट राइड जोन, ८ वटा आधिकारिक सर्भिस सेन्टर २७ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्टहरु सञ्चालनमा छन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्