Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अफगानिस्तानमा करिब २८ करोड अमेरिकी डलरको २९ वटा परियोजना स्वीकृति

अफगानिस्तानमा करिब २८ करोड अमेरिकी डलरको २९ वटा परियोजना स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौं । अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले करिब २८ करोड अमेरिकी डलर मूल्य बराबरका २९ वटा परियोजनाहरू स्वीकृत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आर्थिक मामिला तथा उपप्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति अनुसार आर्थिक मामिला तथा उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ४४ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी अन्ततः २९ वटा प्रमाणित गरेको हो ।

स्वीकृत गरिएका प्रमुख परियोजनाहरुमा पूर्वी परवान प्रान्तमा सिमेन्ट उत्पादन क्षमता विस्तार गर्ने, मध्य बाम्यान प्रान्तमा हाजीगक खानीका लागि फलाम प्रशोधन संयन्त्र निर्माण गर्ने, २२५ मेगावाटको थर्मल पावर प्लान्ट निर्माण गर्ने लगायतका परियोजना रहेका छन् । परियोजना अन्तरगत ११ वटा प्रान्तमा अस्पताल निर्माण गर्ने, पन्जसिर र दयाकुन्डी प्रान्तमा सय शय्याको अस्पतालमा बाँकी काम सम्पन्न गर्ने र धेरै प्रान्तहरूमा बिजुली प्रसारण र वितरण परियोजनाहरू कार्यान्वयन गर्ने योजना समावेश छ ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गत वर्ष राष्ट्रव्यापी रुपमा करिब दुई अर्ब मूल्यका ५६२ वटा विकास र पूर्वाधार परियोजनाको अनुमोदन गरेको घोषणा गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit