Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

२०२५ मा नेपालमा ११ लाख ५८ हजारभन्दा बढी पर्यटकको आगमन

२०२५ मा नेपालमा ११ लाख ५८ हजारभन्दा बढी पर्यटकको आगमन
विज्ञापन
Advertisement

काठमाडौं । सन् २०२५ (जनवरी–डिसेम्बर) मा नेपालमा ११ लाख ५८ हजार ४५९ अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन्। यो संख्या सन् २०२४ को तुलनामा केही बढी हो भने कोभिड–१९ अघिको सन् २०१९ को तुलनामा ९७ प्रतिशत पुनरुत्थान भएको देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

डिसेम्बर २०२५ मा मात्रै ९८ हजार १९० अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन डिसेम्बर २०२४ को तुलनामा ७ प्रतिशतले बढी हो। उक्त संख्या डिसेम्बर २०१९ को कोभिडपूर्व आगमनको ९७ प्रतिशत बराबर रहेको छ।

भारत शीर्ष पर्यटक स्रोत देश

सन् २०२५ मा नेपालमा पर्यटक पठाउने शीर्ष पाँच देशमध्ये भारत पहिलो स्थानमा रहेको छ। भारतबाट २ लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २५.२ प्रतिशत हो। त्यसपछि अमेरिकाबाट १ लाख १२ हजार ३१६ (९.७ प्रतिशत), चीनबाट ९५ हजार ४८० (८.२ प्रतिशत), बेलायतबाट ५८ हजार ६८४ (५.१ प्रतिशत) र बंगलादेशबाट ५७ हजार ५४५ (५ प्रतिशत) पर्यटक नेपाल आएका छन्।

दक्षिण एसियाबाट सबैभन्दा बढी आगमन

क्षेत्रगत रूपमा हेर्दा सन् २०२५ मा दक्षिण एसिया (सार्क राष्ट्र) बाट सबैभन्दा बढी पर्यटक नेपाल आएका छन्। यस क्षेत्रबाट ४ लाख ८ हजार १०३ पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको ३५.२ प्रतिशत हो।

त्यसैगरी अन्य एसियाली देशबाट २ लाख ५३ हजार ३११ (२१.९ प्रतिशत), युरोपबाट २ लाख २१ हजार १८ (१९.१ प्रतिशत), अमेरिकाबाट १ लाख ३५ हजार ५०३ (११.७ प्रतिशत), ओसियानाबाट ५३ हजार ६९५ (४.६ प्रतिशत), मध्यपूर्वबाट २० हजार ५०४ (१.८ प्रतिशत) र अफ्रिकाबाट ४ हजार ३२० (०.४ प्रतिशत) पर्यटक नेपाल आएका छन्। अन्य क्षेत्रबाट ६२ हजार ५ जना (५.५ प्रतिशत) पर्यटकको आगमन भएको छ।

पर्यटनबाट वैदेशिक मुद्रा आर्जन र लगानी बढ्दो

चालु आर्थिक वर्ष २०८२ -८३ को साउनदेखि कार्तिकसम्मको अवधिमा पर्यटन क्षेत्रबाट २७ अर्ब १५ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन भएको छ।

त्यसैगरी, साउनदेखि मंसिरसम्मको अवधिमा पर्यटन क्षेत्रमा ४७६ परियोजनामार्फत ३० अर्ब २६ करोड ३० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पर्यटक आगमन, वैदेशिक मुद्रा आर्जन तथा प्रत्यक्ष वैदेशिक लगानीमा देखिएको वृद्धिले नेपालको पर्यटन क्षेत्र क्रमशः कोभिड–१९ अघिको अवस्थामा फर्किंदै गएको संकेत गरेको सरोकारवालाहरूले बताएका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit