Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

माग पूरा गराउन सरकारलाई प्रसाईंले दिए आइतबारसम्मको अल्टिमेटम

माग पूरा गराउन सरकारलाई प्रसाईंले दिए आइतबारसम्मको अल्टिमेटम
विज्ञापन
Advertisement

काठमाडौं। नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफ्ना माग पूरा गर्न आगामी आइतबारसम्मको समय मागेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरुले उठाउँदै आएको माग सँगै जनमत संग्रहबारे निर्णय लिन प्रधानमन्त्रीलाई आइतबारसम्मको अल्टिमेटम दिएको बताएका हुन् । प्रसाईंले आगामी आइतबारसम्म आफूहरूका माग र जनमत संग्रहबारे सरकारले निर्णय नलिए ठूलो आन्दोलन गर्ने चेतावनी पनि दिए ।

‘मैले बैंक तथा वित्तीय संस्थालगायतका पीडितहरुका बारेमा आफ्ना मागहरु स्पष्ट रुपमा राखेँ । यी मुद्दा मेरा होइनन् देशका हुन् भनेर गम्भीर तरिकाले राखे’ प्रसाईंलाईले भने, ‘आफ्नो नातिसँग नेपालमै बस्न मन छैन भनेर प्रधानमन्त्रीलाई सोधेँ। नातीलाई नेपाल ल्याउने व्यवस्था गरौँ भनेपछि उहाँले खै के हो के भनेर गलेर खुई..गर्नुभयो । पूरै थाकेको जस्तो ।’

सरकारले एकाथरी जेनजीलाई काखी च्यापेर असन्तुष्ट पक्षका मागहरू त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने उनको भनाइ छ। यस्तै उनले उनीसँगै छलफलमा गएका जेनजी प्रतिनिधिले आफूहरुले खोसेर ल्याइदिएको सरकारमा बसेर जेनजीकै माग सम्बोधन नगरी सरकार निर्वाचनमा जान नहुने बताएको प्रसाईंले जानकारी दिए । ‘हाम्रो एकजना जेनजी भाइले जेनजीले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरूलाई थुन्ने तर दोषीलाई सरकारले पक्रेर ल्याउन सकेन भन्नुभयो’, उनले अगाडी भने, ‘आइतबारसम्मको समय उहाँहरुले माग्नुभयो । आइतबार सही गरौँ दुई पक्ष बसेर सोमबारको मन्त्रिपरिषद्बाट पास गर्दछौँ, सकेनौँ भने आइतबारको दिन सकेनौँ भन्छौँ भन्नुभएको छ।’

सरकार जेनजीका मागहरू त्यत्तिकै राखेर चुनावमा जान खोजेको उल्लेख गर्दै प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए। उनले भने, ‘एउटा पक्षलाई वेवास्ता गरेर सरकार चुनावमा जान नपाउने उनको भनाइ थियो । नेपाल सबैको साझा हो । हामीले सोमबार सम्म कुर्छौं । एउटा पक्षलाई रुवाएर सरकार चुनावमा जान पाउँदैन।’ यस्तै, उनले आफूहरुको अन्तिम म्यान्डेट घर–जग्गा लिलाम गर्न नहुने, सुकुम्बासी बन्ने अवस्थाको अन्त्य हुनुपर्ने रहेको उल्लेख गर्दै आफ्ना माग पूरा नभए सोमबार देखि ठूलो आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘हाम्रो अन्तिम म्यान्डेट ठूलो छैन । मागहरु ठूला छैनन् । घर–जग्गा लिलाम नगरिदेउ, सुकुम्बासी नबनाइदेउ, तिर्ने मौका देउ भनेका हौं । भदौ २३ र २४ गतेको घटनाका मान्छेहरुलाई जसले ‘कु’ गरेका छन् तिनीहरुलाई कारबाही गर भनेका हौं । जसले भ्रष्टाचार गरेका छन् तिनीहरुलाई कारबाही गर भनेका हौं। तर सरकारले गर्न सक्दैनौं भन्यो भने आशा मार्दा हुन्छ, हामी आफ्ना माग पूरा ठूलो आन्दोलन थाल्छौं।’

तर, आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिए ।

दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्र्दभमा सहमति भएको उनको भनाइ छ । ‘वार्ता सकारात्मक छ । संविधान र कानुनअन्तर्गत रहेर उहाँहरुको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरुको मागबारे केस्रा केस्रा छलफल भएको छ’, खरेलले भने, ‘सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit