काठमाडौं। नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आह्वान गरेको छ । महासंघको गत मंसिर १४ गते बसेको कार्यसमिति बैठकले यही पुस २६ र २७ गते धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा बिहान ८ बजेबाट सुरु हुने गरी सभा बोलाएको हो ।
यसैबिच महासंघले कार्यसमितिको अर्को बैठक पुस २५ गते बिहान ८ बजे महासंघको कार्यकक्षमा बसेर महाधिवेशनको तयारीबारे जानकारी गराउने जनाएको छ ।
साधारणसभामा महासंघका पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास महासंघले व्यक्त गरेको छ। साधारणसभा तथा महाधिवेशनमार्फत संगठनको हालसम्मको गतिविधि समीक्षा गर्नुका साथै भावी कार्ययोजना र नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।




कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्