Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, १८ हजार ४ सय बढीले पाए शेयर

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, १८ हजार ४ सय बढीले पाए शेयर
विज्ञापन
Advertisement

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि खुला गरेको आईपी आज (शुक्रबार) बाँडफाँड गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले कुल १८ हजार ४ सय ९५ जनालाई न्यूनतम ५०/५० कित्ताका दरले शेयर बाँडेको छ । साथै, १८ जनाले भने ५१-५१ कित्ता शेयर हात पारेका छन् ।
कुल ९ लाख २४ हजार ७६८ कित्ता शेयर १८ हजार ४९५ जनालाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

आईपीओका लागि कुल ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएकोमा ५ लाख १९ हजार ४६ जनाको आवेदन योग्य रहेकोले उनिहरुमध्येलाई शेयर दिइएको कम्पनीले जनाएको छ । कम्पनीले माग गरेको भन्दा त्यसको ३० गुणा बढी आवेदन परेको उल्लेख गरेको छ ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको शेयरमा ५७ हजार ७९८ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो। कम्पनीले उक्त आईपीओ प्रतिशेयर मूल्य ८२० रूपैयाँ ८० पैसा निर्धारण गरेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो शेयर एकाउन्टबाट नतिजा हेर्न सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit