Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेर बन्द भएको नेप्से यस दिन भने दोहोरो अंकले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६ सय २०.९२ को विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले ओरालो लागेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमार्फत ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार १ करोड १ लाख ५३ हजार कित्ता शेयर किनबेचका क्रममा भएको हो।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य १३४ रुपैयाँ ६० पैसा बढेर प्रतिकित्ता १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हो ।

त्यसैगरी, एसवाई प्यानल नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य पनि ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । कम्पनीको बिहीबार २३ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसपछि शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये बिहीबार १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । ‘अन्य’ उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक आज सर्वाधिक १.०९ प्रतिशतले घटेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit