Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

हालसम्म पुनर्निर्माण कोषमा १३ करोड ३५ लाख जम्मा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट एक करोड बढी हस्तान्तरण

हालसम्म पुनर्निर्माण कोषमा १३ करोड ३५ लाख जम्मा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट एक करोड बढी हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म १३ करोड ३५ लाख बढी रुपैयाँ जम्मा भएको छ । गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएको भौतिक संरचनाको पुनर्निर्माणका निम्ति सरकारले स्थापना गरेको उक्त कोषमा सोमबार बिहानसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।

विज्ञापन
Advertisement
Advertisement

सोमबार कोषमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ। उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज अर्थ मन्त्रालयमा पुगी अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । कोषमा गएको हप्ता मेटलाइफ नेपालले २५ लाख र त्यसअघि दी ओरिएन्टल इन्स्योरेन्सले २० लाख रुपैयाँ सहयोग गरेका थिए ।

कोषमा योगदानका निम्ति सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था, दातृनिकायलगायत सबैलाई आग्रह गरेको थियो । पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit