Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता, के भयो कुराकानी ?

श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता, के भयो कुराकानी ?
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा नै सरल र सहज रुपमा ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेटवार्ता गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र श्रमिक हितसँग सम्बन्धित विभिन्न विषयमा महासंघको तर्फबाट ध्यानाकर्षण गराएका थिए ।

बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई ३६ प्रतिशत सम्म महंगो ब्याज तिर्नपर्ने बाध्यता रहेको औल्याउँदै अध्यक्ष ढकालले बैंक, वित्तीय संस्था, मनि ट्रान्सफर, सामाजिक सुरक्षा कोष इन्स्योरेन्स जस्ता वित्तीय संस्थाहरुबाट समन्वय गरी स्थानिय स्तरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गर्नु पर्ने धारणा राखे।

उनले सामाजिक सुरक्षा कोषमा योगदानको ठूलो रकम संकलन भए पनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको भन्दै उक्त कोषलाई उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रसँग जोडेर लगानी गर्नुपर्ने महासंघको स्पष्ट धारणा राखे ।

‘सामाजिक सुरक्षा कोषमा श्रमिकहरुको योगदानको ठूलो रकम जम्मा भएको छ । यो रकम उद्योग, कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ ।’ अध्यक्ष ढकालले भने।

महासंघले आन्तरिक तथा वैदेशिक दुवै बजारका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिएको उल्लेख गर्दै अध्यक्ष ढकालले उद्योगको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति तयार गर्न सके श्रमिकको सुरक्षा, राम्रो आम्दानी र देशको आर्थिक उन्नति एकैसाथ सम्भव हुने धारणा राखे।

यस्तै उनले औद्योगिक करिडोरहरूमा बन्द र हडतालका कारण उद्योगमा जोखिम बढेको भन्दै उद्योगको सुरक्षाका लागि विशेष औद्योगिक सुरक्षाबल आवश्यक रहेको बताए ।

यस्तै सो अवसरमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भूवन सिंह गुरुङले सबैभन्दा बढि नेपाली श्रमिकहरु जाने विभिन्न देशमा कामदार पठाए वापत वैदेशिक रोजगार व्यवसायीले लिन पाउने कम अन्य देशका व्यवसायीले पाउने भन्दा अत्यन्त न्यून रहेकोले सरकारले तोकेको सेवा शुल्कमा कामदार पठाउन नसकिरहको उल्लेख गर्दै श्रमिकहरु अन्यत्रबाट झन ठगीने भएकाले श्रमिकहरु नठगिने गरि त्यसको उचित समाधानमा ध्यान दिनु पर्नेमा जोड दिए ।

भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले महासंघ तथा वैदेशिक रोजगार व्यवसाय संघले उठाएका विषयहरूलाई सकारात्मक रहेको उल्लेख गर्दै श्रम मन्त्रालयले नीति सुधार, सहजीकरण तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्रसँग सहकार्य गर्दै श्रमिक हित, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर सरकारले उचित निर्णय गर्ने समेत बताए ।

भेटका अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सा श्रेष्ठ तथा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit