Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

अन्तिम समयमा आएर भारतले गरिदियो विद्युत आयातको लागि नविकरण

अन्तिम समयमा आएर भारतले गरिदियो विद्युत आयातको लागि नविकरण
विज्ञापन
Advertisement

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिष्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति अन्तिम समयमा आएर नविकरण गरिदिएको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको ‘डे अहेड’ र ‘रियल टाइम मार्केट’ बाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार (आजै) सकिँदै छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत तीन महिनाका लागि प्रतिष्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो। जसको म्याद भोलीबाट लागु भई (१७ पुस) १७ चैतसम्म कायम रहने छ । साथै, बाँकी समय थप गर्न १८ चैतबाट १५ भदौ सम्मको लागि भने नविकरण पछि गरिने प्राधिकरणले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइसँगै तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले मंगलबार भारतको विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत आयात गर्न पाउने गरी अनुमति नविकरण गरिदिन आग्रह गरेका थिए । सोही अनुसार विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit