images
images
images
images

जाँचबुझ आयोगले गर्यो केपी ओलीको स्थानहद फुकुवा

images
images
images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओलीलाई जाँचबुझ आयोगले यसअघि विदेश जान र काठमाडौं छोड्न नपाउने गरी असोज १२ गते स्थानहद लगाएको थियो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा ओलीको स्थानहद फुकुवाको निर्णय भएको जनाएका छन् । ‘घटनाका सम्बन्धमा उहाँसँग आयोगले सोधपुछ लगायतका कार्य सम्पन्न गरिसकेकाले यसअघि आयोगको २०८२/६/१२ को बैठकको निणर्य अनुसार लगाइएको स्थानहद फुकुवा गर्ने निर्णय भएको छ,’ शर्माले भनेका छन् ।

यसअघि आयोगले ओलीसँग बयान लिन पत्र काटेको थियो । आइतबार ओलीले दिएको लिखित ‘स्टेटमेन्ट’पछि उनको स्थानहद फुकुवा गरिएको हो। आयोगलाई बयान दिन नजाने बताउँदै आएका ओलीले अन्तत आयोगका सदस्यले उनको निवास गुण्डुमै पुगेर पत्र थमाएपछि बयान दिन बाध्य भए ।

यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग गत बुधबार बयान सकेको थियो । त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाललाई पनि बयानका लागि आयोगले पत्राचार गरिसकेको छ ।

जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठित कार्की आयोगलाई भदौ २३ र २४ का घटना (हिंसा, तोडफोड, लुटपाट, आगजनी) का कारण पहिचान गर्ने र छानबिनपछि कारबाहीका लागि सिफारिस गर्ने मुख्य जिम्मेवारी तोकिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्