images
images
images
images

सुजुकीको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक, मूल्य कति ?

images
images
images

काठमाडौं । सीजी मोटोकर्पले सुजुकीको भिक्टोरिस नेपाली बजारमा सार्वजनिक गरेको छ । सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको भिक्टोरिस एसयूभी सार्वजनिक गरेको हो। यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक रोड अवेयरनेस र सुरक्षाका लागि लेभल–२ एडास प्रणालीमा आधारित छ ।

आधुनिक डिजाइन, नयाँ प्रविधि र उच्च सुरक्षा मापदण्डलाई ध्यानमा राखेर विकास गरिएको यो गाडीमा भिक्टोरियसमा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ । जसमा माइल्ड–हाइब्रिड र स्ट्रङ हाइब्रिड विकल्प पनि उपलब्ध छन् । कम्पनीका अनुसार सीएनजी भेरियन्ट पनि उपलब्ध गराएको छ । गाडीमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ भने सुरक्षाको हिसाबले भिक्टोरियसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायतका फिचर समावेश रहेको छ ।

साथै, गाडीमा ११ वटा फरक दृश्य देखाउने हाई डेफिनिसन क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सरका साथ स्वचालित ३६० भ्यू क्यामेरालगायतका सुविधा छन् । भिक्टोरिसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट र कनेक्टेड कार टेक्नोलोजीसहितका विशेषता रहेका छन्। कम्पनीका अनुसार गाडीले फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।

सीजी मोटोकर्पले यस एसयूभीको सुरुवाती मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै कम्पनीले लिमिटेड समयका लागि लञ्चिङ अफर पनि सार्वजनिक गरेको छ, जसअनुसार पहिलो ५० बुकिङका लागि अधिकतम २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनससहितको प्रारम्भिक मूल्यमा उपलब्ध हुनेछ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्