Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

समस्याग्रस्त सहकारी संस्थाको दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने समिति सदस्यमा न्यौपाने मनोनित

समस्याग्रस्त सहकारी संस्थाको दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने समिति सदस्यमा न्यौपाने मनोनित
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

विज्ञापन
Advertisement
Advertisement

विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले अवकाश पाएपछि असोजमा एआईजी टेकेन्द्र कार्की मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए । उनी मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएसँगै एआईजीको एक पद रिक्त थियो। जसमा साढे तीन माहिनापछि आज सरकारले खड्कालाई एआईजीमा बढुवा गरेको हो ।

यस्तै सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निणर्य पनि गरेको छ । साथै, बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्रलाई समेत स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२, स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले वन तेस्रो संशोधन नियमावली २०८२, स्वीकृत गरेको खरेलले जानकारी दिए ।

यसैगरी, मन्त्रिपरिषद्बाट नेपाल लेखा परीक्षण सेवा समूहीकरणतर्फ उपमहालेखापरीक्षकमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ । यस्तै, समस्याग्रस्त सहकारी संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit