Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

कुलमानले सम्हालेको तीन मन्त्रालय, अब तीन मन्त्रीलाई बाँडफाँड

कुलमानले सम्हालेको तीन मन्त्रालय, अब तीन मन्त्रीलाई बाँडफाँड
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीको कार्यभार थप गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्राललय र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री कुलमान घिसिङले मङ्गलबार पदबाट राजीनामा दिएपछि ती मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रीलाई दिइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनीलकुमार सिन्हालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी थप गरेका हुन् ।,

साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit