Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

नेपाल कपडा तथा सिलाई व्यवसायी संघद्वारा निःशुल्क फेसन डिजाइन तालिम

नेपाल कपडा तथा सिलाई व्यवसायी संघद्वारा निःशुल्क फेसन डिजाइन तालिम
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, काठमाडौँले व्यवसायिक सीप विकासलाई लक्ष्य गर्दै निःशुल्क फेसन डिजाइन तालिम सञ्चालन गर्ने भएको छ। संघले लङ कोट केन्द्रित फेसन डिजाइन तालिम निःशुल्क रूपमा आयोजना गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

संघका अनुसार तालिम २०८२ माघ ५ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। तालिमको स्थान गोदावरी, काठमाडौँ तोकिएको छ। तालिममार्फत कपडा तथा सिलाई व्यवसायमा संलग्न तथा इच्छुक व्यक्तिहरूलाई आधुनिक फेसन डिजाइनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

नेपाल कपडा तथा सिलाई व्यवसायी संघले व्यवसायिक एकता र सीप विकासलाई आफ्नो प्रमुख प्रतिबद्धता बनाउँदै यस्ता तालिमहरू सञ्चालन गर्दै आएको छ। संघले यस तालिमले स्थानीय स्तरमा रोजगारी सिर्जना, आत्मनिर्भरता प्रवर्द्धन र फेसन तथा सिलाई व्यवसायको गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको छ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले संघमार्फत आवश्यक जानकारी लिई समयमै नाम दर्ता गर्न आयोजकले अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit