images images images
images images images
images
images
images

महासंघको आगामी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छः अध्यक्ष ढकाल

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन् ।

शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाट्न गर्दै अध्यक्ष ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गर्ने बताएका हुन् ।

images

अध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको साझा छाता संगठनको रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको स्मरण गरे । यस्तै, उनले निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन नहुने विषयको पैरवी देखि अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दजर्नौं कानून संशोधन गराउनमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘उत्पादन, रोजगारी र लगानी प्रवद्र्धनका लागि नीतिगत स्थायित्व र सरकार–निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ, महासंघले गरेको निरन्तरको प्रयासले धेरै नीतिगत सुधारहरु भए’ ढकालले भने, ‘देशभित्र लगानी प्रवद्र्धन र नीतिगत सुधारमा महासंघको बलियो उपस्थिति देखिएको छ ।’

यद्यपी, पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्किएको उल्लेख गर्दै उनले यो अवस्थामा निजी क्षेत्रले सुरक्षित लगानी गर्ने वातावरणको सुनिश्चितता राज्यसँग खोजिरहेको धारणा राखे । उनका अनुसार देशको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यक्ता हो । गत भदौ २३ र २४ गतेको प्रर्दशनका क्रममा भएको गलत घुसपैठ गरी उद्योग व्यवसाय तथा निजी सम्पत्तीमाथी आक्रमण गर्नेहरुलाई कानूनी कारबाही हुनुपर्ने उनले दोहोर्याए ।

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको नेतृत्वमा लगानी प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै अध्यक्ष ढकालले त्यही उद्देश्यका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरि काम भइरहको जानकारी दिए । यो कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता, उत्पादनमूलक क्षेत्रमा लगानी रोजगारी सिर्जनाको उद्देश्य राखेको उल्लेख गर्दै उनले स्थानीय उद्यमीहरूलाई यो अवसरको सदुपयोग गर्न आग्रह गरे ।

यस्तै, अध्यक्ष ढकालले भक्तपुरका स्थानीय उद्योग, व्यवसाय र पर्यटन प्रवद्र्धनमा स्थानीय वाणिज्य संघहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

images
images

प्रतिक्रिया दिनुहोस्