Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल–भारत विद्युत खरिद दर १.५ प्रतिशतले बढ्यो

नेपाल–भारत विद्युत खरिद दर १.५ प्रतिशतले बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल–भारत विद्युत आदान–प्रदान समिति (पिइसी) को बैठकले आगामी एक वर्षका लागि विद्युत आयातको नयाँ दर निर्धारण गरेको छ। पोखरामा यही फागुन २८ र २९ गते दुई दिनसम्म चलेको छलफलबाट गत वर्षको तुलनामा विद्युत खरिदको दरमा १.५ प्रतिशत वृद्धि गर्ने सहमति भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसैबीच, बैठकमा भारतले आफ्नो उत्पादन लागत बढेको तर्क गर्दै ५.५ प्रतिशत वृद्धिको प्रस्ताव राखेको थियो । तर, नेपाली टोलीले भारतीय बजारमा विद्युतको दर घटेको तथ्याङ्क प्रस्तुत गर्दै खरिद दर घटाउनुपर्ने अडान राखेपछि अन्ततः १.५ प्रतिशत बढाएर मध्यमार्गी विन्दुमा सहमति जुटेको हो।

नयाँ सहमति अनुसार विभिन्न प्रसारण लाइनमार्फत आयात गरिने विद्युतको प्रतियुनिट दर फरक फरक हुनेछ । चालु आवमा १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने विद्युतको दर प्रति युनिट ८ रुपैयाँ २२ पैसा कायम गरिएको छ। त्यस्तै ३३ केभी स्तरमा खरिद गरिने विद्युतको दर प्रति युनिट ८ रुपैयाँ ९१ पैसा र ११ केभी स्तरमा प्रति युनिट ९ रुपैयाँ ५५ पैसा कायम गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। छलफलमा नेपाली वार्ता टोलीको नेतृत्व प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र भारतीय पक्षको नेतृत्व केन्द्रीय विद्युत प्राधिकरणका बोर्ड सदस्य विजय कुमार सिंहले गरेका थिए ।

मध्यपूर्वमा जारी तनावका कारण विश्वव्यापी ऊर्जा बजारमा चाप परिरहेका बेला भएको यस सहमतिले नेपालको आगामी सुख्खा याम (चैत–वैशाख) को विद्युत माग व्यवस्थापनमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ । हाल प्राधिकरणले दैनिक १२ देखि १४ हजार मेगावाट घण्टा विद्युत आयात गरिरहेको छ, जुन सुख्खा मौसममा अझ बढ्ने अनुमान छ ।

 बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव संजीव राय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू, काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव शेखर सुमनलगायतको उपस्थिति रहेको थियो । बैठकपछि दुवै देशका प्रतिनिधिले नेपाल–भारतबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit