Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पूर्व प्रधानमन्त्रीको पिता स्वर्गीय मोहनप्रसाद ओलीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरु)

पूर्व प्रधानमन्त्रीको पिता स्वर्गीय मोहनप्रसाद ओलीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिक शरिरलाई पशुपतिमा अन्त्यष्टि गरिएको छ। स्वर्गीय ओलीको पार्थिव शरीरलाई दाहसंस्कारका लागि जेठा पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीले दागबत्ती दिए ।

विज्ञापन
Advertisement
Advertisement

स्वर्गीय मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको थियो ।  त्यसअघि अस्पताल प्राङ्गणमा एमालेका सचिव महेश बस्नेत, भानुभक्त ढकाललगायत केन्द्रीय तथा स्थानीय नेता कार्यकर्ता एवं पुष्पकमल लाहाललगायतले मोहनप्रसादलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अस्पतालका कार्यकारी निर्देशक डा डि के रौशनका अनुसार मोहनप्रसादलाई आज बिहान करिब ४ः०० बजे उपचारका लागि अस्पताल ल्याइएको थियो । विगत छ महिनादेखि उनको यही अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit