Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

कर्पोरेट समाचार आजदेखि दोस्रो बर्षमा

कर्पोरेट समाचार आजदेखि दोस्रो बर्षमा
विज्ञापन
Advertisement

काठमाडाैं । एस.एन. कर्पोरेट समाचार प्रा.लि.द्वारा सञ्चालित कर्पोरेट समाचार डटकम र ‘कर्पोरेट यात्रा’ म्यागजिन आजबाट औपचारिक रूपमा दोस्रो वर्षमा प्रवेश गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

एक वर्षको छोटो अवधिमा हामीले आफैंलाई स्थापित गर्ने मात्र होइन, निरन्तर अघि बढाउने प्रयास गर्‍यौं। आर्थिक मन्दी, लगानीको न्यून अवस्था र समग्र व्यावसायिक वातावरणको चुनौतीका बीच पनि हाम्रो कलम रोकिएका छैनन्, बरु यो समयमा अझ जिम्मेवार र धारिलो बन्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं ।

आजको समय केवल आर्थिक उतारचढावले मात्र परिभाषित छैन। जेन–जी आन्दोलनले सामाजिक, आर्थिक, राजनीतिक तथा निजी क्षेत्रसम्म पारेको प्रभावले सञ्चार माध्यमहरू पनि अछुतो रहन सकेका छैनन्।

सूचना प्रवाहको गति, पाठकको सोच, अपेक्षा र प्राथमिकता तीव्र रूपमा परिवर्तन भइरहेका छन्। यस्ता परिस्थितिमा तथ्यपरक, जिम्मेवार र प्रभावशाली पत्रकारिता गर्नु हाम्रो प्रमुख दायित्व हो भन्ने कुरामा हामी दृढ छौं।

यो यात्रामा हामी एक्ला छैनौं। हाम्रा पाठक वर्ग, विज्ञापनदाता, सहयात्री संस्थाहरू, शुभचिन्तकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण टिमको साथ, विश्वास र हौसलाकै कारण आज हामी दोस्रो वर्षमा उभिन सफल भएका छौँ।

तपाईंहरूको सुझाव, आलोचना र समर्थनले नै हामीलाई अझ परिष्कृत र उत्तरदायी बन्न प्रेरित गरेको छ। दोस्रो वर्षमा प्रवेशसँगै हाम्रो प्रतिबद्धता अझ स्पष्ट छ व्यवसायिक जगतका यथार्थ कथा, नीति–नियमका प्रभाव, अवसर र चुनौतीलाई निष्पक्ष ढंगले प्रस्तुत गर्दै कर्पोरेट र पर्यटन क्षेत्रका आवाजलाई सशक्त बनाउने प्रयत्न गर्ने छौं ।

बदलिँदो समयसँगै आफूलाई अद्यावधिक गर्दै, सत्य र विश्वासमा आधारित पत्रकारितालाई निरन्तरता दिने। यस महत्वपूर्ण मोडमा, हामीप्रति विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण पाठक, विज्ञापनदाता, सहयोगी तथा शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, सुझाव र विश्वासकै अपेक्षासहित कर्पोरेट समाचार र कर्पोरेट यात्रा अझ जिम्मेवार, सशक्त र प्रभावकारी माध्यमका रूपमा अघि बढिरहने प्रतिवद्धता व्यक्त गर्दछौं ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit