Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

‘युवाको उकुसमुकुस विस्फोट भैसक्यो अब विकास देखिने गरी हुनुपर्छ’

‘युवाको उकुसमुकुस विस्फोट भैसक्यो अब विकास देखिने गरी हुनुपर्छ’
विज्ञापन
Advertisement

अत्तरिया (कैलाली) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘प्रदेशस्तरीय सीप तथा रोजगार मेला–२०८२’ को आज उद्घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताएका हुन् । सुदूरपश्चिम प्रकृति र संस्कृति दुबैमा धनी भएकाले त्यसको मिश्रण नहुँदा विकास हुन नसकेको धारणा राखे ।

मन्त्री भण्डारीले श्रम मन्त्रालयमा भएका विभिन्न कार्यक्रमलाई द्रुत मार्गबाट सुदूरपश्चिममा ल्याउने प्रयास गरिने बताए । उनले देशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गर्दै युवामा भएको प्रचुर शक्तिलाई प्रयोग गर्न दिने वातावरण नुहँदा युवा विदेशिने गरेका बताए । मन्त्री भण्डारीले भने, ‘युवामा भएको ऊर्जा प्रयोग गर्ने वातावरण भएन । युवाको त्यो उकुसमुकुसता र छटपटी विस्फोटका रुपमा प्रकट भएको छ । जेनजी आन्दोलन युवाको ऊर्जाको विस्फोट थियो । त्यो आन्दोलन थिएन ।’

श्रम मन्त्रालयले आन्तरिक रोजगारका लागि कार्यविधि बनाएर केही कुरा अगाडि बढाएको मन्त्री भण्डारीको भनाइ छ । मेलामा सात क्षेत्रका २२ विधामा तालिम सञ्चालन हुने बताइएको छ। मेला ४० दिनसम्म सञ्चालन हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit