सर्लाही । सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका– ७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार अंगीकृत नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले उनलाई आमाको नामबाट नागरिकता हस्तान्तरण गरेका हुन्।

सर्लाहीमा आमाको नामबाट नागरिकता लिने गुप्ता पहिलो व्यक्ती हुन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार उनलाई अंगीकृत नागरिकता प्रदान गरिएको हो।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्