Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

इरान र अमेरिकाबीच तनाब बढेपछि सरकारले भन्यो–इरानमा रहेका नेपाली फर्किनू

इरान र अमेरिकाबीच तनाब बढेपछि सरकारले भन्यो–इरानमा रहेका नेपाली फर्किनू
विज्ञापन
Advertisement

काठमाडौं। इरान र अमेरिकाबीचको बढ्दो तनाबलाई मध्यनजर गर्दै नेपालले इरान जाने योजना बनाएका नेपालीलाई तत्काल भ्रमण स्थगन गर्न आग्रह गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार परराष्ट्र मन्त्रालयले एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै यस्तो आग्रह गरेको हो।

‘इरानमा भइरहेको पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । त्यस्तै, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न पनि सरकारले सुझाव दिएको छ।

यसैगरी, परराष्ट्रले इरानमा रहेका नेपालीलाई आफ्ना पासपोर्ट, ट्राभल डकुमेन्ट, परिचयपत्रजस्ता महत्त्वपूर्ण कागजात सहजै भेटिने स्थानमा राख्न समेत आग्रह गरेको छ । मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई आपतकालीन अवस्थामा दोहास्थित नेपाली दूतावास वा काठमाडौंमा सम्पर्क गर्न समेत भनेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit