images images images
images images images
images
images
images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

images

काठमाडौं। स्थानीय बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ। सोमबारको तुलनामा आज सुनको मोल बढ्दा चाँदीको मूल्यमा भने झिनो गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।

images

अघिल्लो कारोबार दिन (सोमबार) त्यति नै परिमाणको छापावाल सुन तीन लाख चार हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । हिजोको तुलनामा आज सुनको भाउ नौ सय रुपैयाँले वृद्धि भएको हो । मंगलबार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच हजार २४० रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १० रुपैयाँ कम हो । सोमबार चाँदी प्रतितोला पाँच हजार २५० र आइतबार पाँच हजार १० रूपैयाँमा किनबेच भएको थियो ।

यसअघि माघ १५ गते सुनचाँँदीको भाउ उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेर रेकर्ड मूल्यमा कारोबार भएको थियो । त्यसयता दुवै धातुको मूल्यमा घटबढ भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस चार हजार नौ सय ६७ अमेरिकी डलरमा कारोबार भएको सुन आज बढेर पाँच हजार ३२ अमेरिकी डलर पुगेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्