Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सांसदहरुलाई रविले भने– आफू केन्द्रित राजनीतिमा लाग्नुभयो भने पुराना नेताहरुको भन्दा खराब हालत हुन्छ

सांसदहरुलाई रविले भने– आफू केन्द्रित राजनीतिमा लाग्नुभयो भने पुराना नेताहरुको भन्दा खराब हालत हुन्छ
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन बुधबारको सत्रलाई सम्बोधन गरेका उनले सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

‘आँखामा जुन पट्टि आउँछ अब त्यो पट्टि हामीले खोल्नुपर्छ नत्र पुराना राजनीतिक दललाई जसरी ३५ ३६ वर्ष विश्वास गरेर कुरे हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैनन्’ लामिछानेले भने,‘किनकी कानुन निर्माताको रुपमा तपाईंहरुको दौड स्वार्थ समुहको घरघरमा हैन, गुट बनाएर कांग्रेस, एमालेलाई जितिँदैन साथिहरु, कुनै गुट बनाउन पर्दैन, घण्टीका मुनी सबै अटाउन सक्छौँ। घण्टीसँग त्यती धेरै तागत छ, कुनै गुट बनाउन पर्दैन,’ उनले भने ।

उनले विभिन्न शक्ति एक ठाउँमा उभिँदा पनि आफूहरू नडराएको र नहल्लिएको उल्लेख गर्दै नागरिकको चेतनामाथि विश्वास भएकै कारण अघि बढ्न सफल भएको धारणा राखे । उनले भने, ‘यो देशका सम्पूर्ण शक्तिहरु एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं, हामी डराएनौ। हामी हल्लिएनौ। किनकी हामीलाई नागरिकको चेतनामाथि विस्वास थियो । एक पटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ भनेर ८४ कुरेका थियौं।’

यस्तै उनले सांसदहरुलाई व्यक्तिगत स्वार्थ र पदलोलुपता त्यागेर देश केन्द्रित राजनीति गर्न सुझाए । उनले भने, ‘आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ भनेर म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने पुराना राजनीतिक दलका नेताहरुको भन्दा बत्तर हुन्छ मेलै पहिलो दिनमा नै भनेको छु। त्यसकारण आफूलाई केन्द्रमा राख्ने हैन ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit