Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

दिपल, नामी, अवतार र सेरेस इभीका लागि ‘मेगा एक्सचेन्ज कार्निभल’ हुँदै

दिपल, नामी, अवतार र सेरेस इभीका लागि ‘मेगा एक्सचेन्ज कार्निभल’ हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो ‘मेगा एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल उपभोक्ताका लागि डिजाइन र प्रविधिमा अब्बल इभीमा अपग्रेड हुने सबैभन्दा उत्तम समय हुने कम्पनीको भनाइ छ। मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरुको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्नेछन् ।

बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना तथा आकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल इभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बन्ने अपेक्षा आयोजकको रहेको छ । काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ । उपत्यकाबाहिर भने दिपल, नामी तथा सेरेसका सम्बन्धित सोरुमहरुमा आयोजना हुने जनाइएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit