images images images
images images images
images
images
images

आर्थिक गणना कार्यालय स्थापना

images

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यायलमा जिल्ला आर्थिक गणना कार्यायलको स्थापना गरिएको छ ।

जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले कार्यालय स्थापना गरी काम अगाडि बढाइएको जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीले बताए ।

images

चैत महिनाभरि गणनाका लागि आन्तरिक तयारी पूरा गरिने उनले बताए। यसका लागि सात सुपरिवेक्षक र ४८ गणक खटिएका छन् ।

‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ जिल्लाभरि दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानादेखि ठूला व्यवसायीकहाँ पुगेर गणना गरिने छ । गणनाका लागि गणकलाई दुई फारम दिइने गणना अधिकारी भण्डारीले बताए । जसमा पहिलो सूचीकरण फारम हुन्छ भने अर्को मुख्य प्रश्नावली फारम हुन्छ ।

कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने उनले बताए । अभियान सफल पार्न सरोकारवालासँग जिल्लास्तरीय अन्तरक्रिया र स्थानीय तहसँग सचेतना गोष्ठीलगायत कार्यक्रम गरिने गणना अधिकारी भण्डारीले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्