Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

२२ सय रुपैयाँले घट्यो सुन, आजको कारोबार मूल्य कति ?

२२ सय रुपैयाँले घट्यो सुन, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार तोलामा २२ सय रूपैयाँ घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख सात हजार ७०० सय रूपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला तीन लाख नौ हजार ९०० सय रूपैयाँमा किनबेच भएको थियो। यसअघि आइतबार प्रतितोला ४८ सय रूपैयाँले घटेको सुन सोमबार एक सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला पाँच हजार तीन सय ३५ रूपैयाँमा किनबेच भएको चाँदी आज तोलाको पाँच हजार एक सय ५० रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँले कम हो । मंगलबार चाँदी तोलामा ७० रुपैयाँले बढेको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit