चितव । कामना सेवा विकास बैंक र चितवनको भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ। ग्राहकहरूलाई अतिरिक्त सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो सहकार्य गरेको जनाएको छ।
सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले रिसोर्टको अकोमोडेसन (बसाई), फुड (खाना) र बेभरेज (पेय पदार्थ) मा २० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता खुल्ने कुनै पनि प्रमाण (डेबिट कार्ड, चेकबुक वा अन्य कागजात) पेश गरी यो सुविधा सहजै उपभोग गर्न सक्नेछन् ।
सम्झौता पत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका तर्फबाट प्रबन्ध निर्देशक जनार्धन रिजालले आज हस्ताक्षर गरेका हुन् । बैंकले यस सम्झौताबाट आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरू लाभान्वित हुने विश्वास लिएको छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्