Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निसान म्याग्नाइट खरिदमा ‘१ वर्ष शून्य इन्धन’ योजना सार्वजनिक

निसान म्याग्नाइट खरिदमा ‘१ वर्ष शून्य इन्धन’ योजना सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो लोकप्रिय कम्प्याक्ट यसयूभी निसान म्याग्नाइटमा ग्राहकहरूका लागि आकर्षक ‘१ वर्ष शून्य इन्धन’ योजना घोषणा गरेको छ। बढ्दो इन्धनको मूल्य र सवारी साधनको सञ्चालन खर्चलाई मध्यनजर गर्दै कम्पनीले ग्राहकलाई आर्थिक राहत दिन यो नयाँ योजना सुरु गरेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

अफरका मुख्य आकर्षण के हुन् ?

यस १ वर्ष शून्य इन्धन अभियान अन्तर्गत नयाँ निसान म्याग्नाइट खरिद गर्ने ग्राहकहरूले ५० हजार रुपैयाँ सम्मको नगद छुट प्रास्त गर्नेछन्। यस्तै, कुनै पनि पुरानो गाडी साटेर नयाँ म्याग्नाइट लैजाँदा एक लाख सम्मको एक्सचेन्ज बोनस, १ वर्ष निःशुल्क इन्धन तथा १ वर्षको कम्प्रिहेन्सिभ (पूर्ण) बीमा सुविधा प्राप्त गर्नेछन्।

दैनिक ९९९ मा म्याग्नाइटको स्वामित्व

मध्यमवर्गीय परिवार र पहिलो पटक गाडी किन्ने सोचमा रहेकाहरूलाई लक्षित गर्दै निसानले ‘सजिलो स्वामित्व योजना’ पनि सार्वजनिक गरेको छ। जस अन्तर्गत ग्राहकले निसान म्याग्नाइट भिजिया (Visia) भेरियन्ट दैनिक मात्र ९९९ रुपैयाँको किस्तामा खरिद गर्न सक्नेछन्। यसले गर्दा म्याग्नाइट नेपाली बजारमा सबैभन्दा सुलभ र किफायती कम्प्याक्ट क्ग्ख् को रूपमा स्थापित भएको कम्पनीको भनाइ छ।

निसान म्याग्नाइट सुरक्षाका दृष्टिकोणले निकै भरपर्दो मानिन्छ। यसले Global NCAP safety rating मा ५–स्टार प्राप्त गरेको छ। गाडीका सबै भेरियन्टहरूमा २०५ मिमीको उत्कृष्ट ग्राउण्ड क्लियरेन्स,६ वटा एयरब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल–स्टार्ट असिस्ट र रियर पार्किङ सेन्सर तथा आधुनिक टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको बताइएको छ ।

मूल्य कति ?
हाल नेपाली बजारमा निसान म्याग्नाइटको सुरुवाती मूल्य ३५.७५ लाख रुपैयाँ कायम गरिएको छ। यो अफर देशभरका निसानका आधिकारिक शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit