Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

प्रभु बैंकद्वारा देशभर दुई सय बढी शाखामार्फत वित्तीय साक्षरता अभियान सञ्चालन

प्रभु बैंकद्वारा देशभर दुई सय बढी शाखामार्फत वित्तीय साक्षरता अभियान सञ्चालन
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु बैंक लिमिटेडले विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक–२०२६’ का अवसरमा साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

चैत्र २ गतेदेखि सुरु भएको यो अभियानको आज अन्तिम दिन हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित यस कार्यक्रममार्फत बैंकले देशका सातै प्रदेशमा वित्तीय चेतना फैलाउने कार्य गरेको जनाएको छ ।

बैंकले आफ्ना २०० भन्दा बढी शाखाहरू मार्फत विद्यालय, कलेज, महिला समूह तथा विभिन्न स्थानीय समुदायलाई लक्षित गरी २१६ भन्दा बढी स्थानमा चेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरेको जनाएको छ। कार्यक्रममा आधुनिक बैंकिङ्ग प्रणाली, बचत गर्ने बानी, ऋणको सही सदुपयोग, लगानीका क्षेत्र र डिजिटल बैंकिङ्गका बारेमा विस्तृत जानकारी गराइएको थियो ।

बैंकले वित्तीय साक्षरतासँगै पछिल्लो समय बढ्दै गएको डिजिटल ठगी प्रति पनि सर्वसाधारणलाई सचेत गराएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार सातै प्रदेशका २१६ शाखाहरु यस अभियानमा विभिन्न कार्यक्रम अयोजना गरिएको छ ।

बैंकले यस्ता साक्षरता कार्यक्रमले आम नागरिकमा वित्तीय पहुँच र अनुशासन वृद्धि गर्ने विश्वास लिएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit