Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

टोयोटाको बिक्रेता वैद्य अर्गनाइजेशनले नेपाल भित्र्यायो इटालियन ब्रान्ड ‘मोर्बिडेली’

टोयोटाको बिक्रेता वैद्य अर्गनाइजेशनले नेपाल भित्र्यायो इटालियन ब्रान्ड ‘मोर्बिडेली’
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेस (VOITH)ले दुईपांग्रे सवारी क्षेत्रमा आफ्नो पकड बलियो बनाउँदै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ लाई आधिकारिक रूपमा नेपाल भित्र्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

करिब पाँच दशक लामो अनुभव भएको वैद्य अर्गनाइजेशनले चारपांग्रेमा टोयोटाको सफलता र दुईपांग्रेमा इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको लोभलाग्दो बजार विस्तारपछि यो नयाँ कदम चालेको हो।

मोर्बिडेली इटालीको एउटा प्रतिष्ठित ब्रान्ड हो, जुन विशेषगरी आफ्नो रेसिङ हेरिटेज प्रिमियम डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वभर प्रसिद्ध छ। हाल यो ब्रान्ड विश्वव्यापी रूपमा कीवे ग्रुप अन्तर्गत सञ्चालनमा छ। कीवे ग्रुपले बेनेली र बेन्डा जस्ता चर्चित अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई पनि सम्हाल्दै आएको छ। नेपालमा प्रिमियम मोटरसाइकलको बढ्दो मागलाई सम्बोधन गर्न यो साझेदारी गरिएको वैद्य अर्गनाइजेशनले जनाएको छ। एथरमार्फत आधुनिक प्रविधि र नवप्रवर्तनमा सफलता पाएको वैद्य समूहले अब मोर्बिडेलीमार्फत नेपाली युवा तथा बाइक उत्साहीहरूलाई उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मोर्बिडेली ब्रान्डमार्फत हामीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएका छौँ। निकट भविष्यमा विभिन्न मोडेलहरू सार्वजनिक गर्दै देशव्यापी सञ्जाल विस्तार गर्ने हाम्रो योजना छ।’

नेपालको प्रिमियम मोटरसाइकल बजारमा मोर्बिडेलीको प्रवेशसँगै प्रतिस्पर्धा अझ रोचक हुने कम्पनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit