Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपाल एसबिआई बैंकले देशव्यापी सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट तीन हजार बढी युवा लाभान्वित

नेपाल एसबिआई बैंकले देशव्यापी सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट तीन हजार बढी युवा लाभान्वित
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२६’ को अवसर पारेर देशका विभिन्न ४४ स्थानमा साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत्र २ गतेदेखि ८ गतेसम्म सञ्चालित यस अभियानबाट ३,००० भन्दा बढी विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बैंकले सातै प्रदेशका स्कुल तथा कलेजका विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा सहभागीहरूलाई
बचतको महत्व र लगानी, आधुनिक बैंकिङ प्रणाली र यसका सुविधाहरू, बढ्दो डिजिटल वित्तीय अपराध र त्यसबाट जोगिने उपायहरू तथा आधारभूत बैंकिङ अवधारणाहरु : ऋण, ब्याज र वित्तीय व्यवस्थापनका बारेमा आवश्यक जानकारी प्रवाह गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैंकले कोशी प्रदेशको इटहरी, विराटनगर र बिर्तामोडदेखि मधेस प्रदेशको सिमरा र जनकपुरसम्म, तथा बागमतीको पाटन र हेटौंडादेखि सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरसम्मका ४४ स्थानमा यो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। बैंकका अनुसार कर्णालीको सुर्खेत र चामुण्डा तथा लुम्बिनी र गण्डकी प्रदेशका दुर्गम एवं सहरी क्षेत्रका विद्यार्थीहरूले पनि यसमा उत्साहजनक सहभागिता जनाएका थिए।

विगत ३२ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा सेवा पुर्‍याउँदै आएको नेपाल एसबिआई बैंकले यस्ता सामाजिक उत्तरदायित्व र सचेतनामूलक कार्यक्रमहरू मार्फत वित्तीय साक्षरतालाई तल्लो तहसम्म पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit