Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट

नेप्सेमा पहिरो : एकैदिन १०५ अंकको गिरावट
विज्ञापन
Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको हो, जुन ११५ कारोबार दिनपछि १०० अंकभन्दा बढीको गिरावट हो ।
यसअघि गत असोज २ गते नेप्से १६०।३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन अंकको गिरावट देखिएको हो। यद्यपि, यसबीच नेप्से दुई पटक १०० अंकभन्दा बढीले बढेको पनि थियो।

यस दिन सेन्सेटिभ इन्डेक्स १५.६२ अंकले घट्दा फ्लोट इन्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.६६ अंकले ओरालो लागेको छ।

नेप्सेमा उच्च गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ३४५ वटा कम्पनीका १ लाख ४१ हजार ३६ पटकका कारोबारबाट १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन ३ करोड १२ लाख कित्ता शेयर कारोबार भएको हो।

कारोबारका क्रममा ६ कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए। सकारात्मक सर्किटमा कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिक रहेका छन्।

यस्तै, ७ कम्पनीका शेयर नकारात्मक सर्किटमा पुगेका छन्। नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीका शेयरमा उच्च गिरावट देखिएको हो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको ५८ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यस्तै सिवम सिमेन्टको ४५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदा ङादी ग्रुप पावरको कारोबार रकम ४२ करोड रुपैयाँ नाघेको छ।

उपसमूहगत रूपमा हेर्दा आइतबार सबै १३ वटै उपसमूह ओरालो लागेका छन्। जसमध्ये ‘अन्य’ उपसमूह सर्वाधिक ६.०९ प्रतिशतले घटेको छ। जलविद्युत र विकास बैंक उपसमूह ४ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहमा पनि ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। समग्रमा बजारमा व्यापक बिक्री दबाब देखिँदा नेप्सेमा उच्च अंकको गिरावट आएको विश्लेषकहरू बताउँछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit