images images images
images images images
images
images
images

एफएनसिसिआई निर्वाचन : एशोसिएट्स तर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठको इन्ट्री, चन्द्र र हेमराज ढकाल समूहको समर्थन

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि एशोसिएट्स तर्फबाट उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ र उनको प्यानलले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छ।

बिहीबार श्रेष्ठको नेतृत्वमा १६ जना सदस्य पदका उम्मेदवारहरूले टेकुस्थित महासंघको केन्द्रीय कार्यालय पुगी मनोनयन पत्र दर्ता गरेका हुन्। यो समूहलाई महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र आगामी वरिष्ठ उपाध्यक्षका प्रवल दाबेदार हेमराज ढकाल समूहको बलियो समर्थन रहेको छ।

images
images

उम्मेदवारी दर्तापछि उपाध्यक्ष पदकी उम्मेदवार श्रेष्ठले आफ्नो टीम ‘कुशल र समावेशी’ रहेको दाबी गरिन्। उनले भनिन्,‘हामीले साना देखि ठूला सबै क्षेत्रका उद्योगी व्यवसायीहरूलाई समेटेर एउटा सशक्त टीम बनाएका छौं। हाम्रो प्यानलको जित सुनिश्चित छ।’

को–को छन् श्रेष्ठ समुहमा ?

एशोसिएट्सतर्फ कुल १९ सदस्य पदका लागि यो समूहबाट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठसँगै सदस्य उम्मेदवारहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत (अजित) रहेका छन् । साथै, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप अग्रवाल, शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र काभ्रेका चन्द्र ढकालले सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

महासंघको निर्वाचन आगामी चैत २९ र ३० गते काठमाडौंमा हुँदैछ। यस निर्वाचनले महासंघको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महासंघ निर्वाचनको मिति नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि विभिन्न समूहहरूले आफ्नो प्यानल घोषणा गर्ने र लबिइङ गर्ने क्रमलाई तीव्र पारेका छन्।

images
images

प्रतिक्रिया दिनुहोस्