Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुर्खेतमा महिन्द्राको इलेक्ट्रिक ओरिजिन एसयूभी ‘बीई–६’ र ‘एक्सईभी ९–ई’ सार्वजनिक

सुर्खेतमा महिन्द्राको इलेक्ट्रिक ओरिजिन एसयूभी ‘बीई–६’ र ‘एक्सईभी ९–ई’ सार्वजनिक
विज्ञापन
Advertisement

सुर्खेत । महिन्द्रा अटोमोबाइल्सको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले सुर्खेत तथा आसपासका क्षेत्रीय बजारका लागि आफ्ना दुई नयाँ ‘इलेक्ट्रिक ओरिजिन’ एसयूभी ‘बीई–६’ र ‘एक्सईभी ९–ई’सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

वीरेन्द्रनगर–१२, पदमपुरस्थित अग्नि इन्कर्पोरेटेडको महिन्द्रा शोरुममा एक विशेष समारोहका बीच यी अत्याधुनिक गाडीहरूको अनावरण गरिएको हो। कम्पनीका अनुसार यी गाडीहरूको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ। ‘बीई–६’ को सुरुवाती मूल्य ६९ लाख रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।

गाडीका मुख्य विशेषताहरू :

यी दुवै एसयूभीहरू महिन्द्राको नयाँ INGLO प्लेटफर्ममा आधारित छन्, जसले उच्च प्रदर्शन र अत्याधुनिक प्रविधिको ग्यारेन्टी गर्दछ । दुवै गाडीमा ५९ किलोवाट सम्मको ब्याट्री विकल्प उपलब्ध छ। BE 6 ले ५४३ कि.मी. र XEV 9e ले ६५६ कि.मी. सम्मको रेन्ज दिने दाबी गरिएको छ।

यसमा लेभल २/२+ ADAS सुरक्षा प्रणाली, ३६०–डिग्री क्यामेरा र ६ वटा एयरब्यागहरू रहेका छन्। गाडीभित्र ट्रिपल–स्क्रिन ड्यासबोर्ड (XEV 9e मा) हर्मन कार्डन साउन्ड सिस्टम र पेनोरमिक सनरुफ जस्ता सुविधाहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अग्नि ग्रुपले कर्णाली प्रदेशका ग्राहकहरूलाई लक्षित गर्दै सुर्खेतमा यी गाडीहरू उपलब्ध गराएको उल्लेख गरेको छ। कार्यक्रममा अग्नि ग्रुपका ईभी प्रोडक्ट हेड सुरज राजवंशी, महिन्द्रा एण्ड महिन्द्रा इन्डियाका कन्ट्री मेनेजर महेश ठकुरी, पिकअप प्रोडक्ट हेड रोशन श्रेष्ठ, एसयूभी मेनेजर गोकुल खरेल र सुर्खेत शाखाका शोरुम मेनेजर जयसिंह साउन लगायत ग्राहकहरूको उपस्थिति थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit