Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अर्थमन्त्री स्वार्णिमको ढाडसले शेयर बजारमा हरियाली

अर्थमन्त्री स्वार्णिमको ढाडसले शेयर बजारमा हरियाली
विज्ञापन
Advertisement

 काठमाडाैं । नयाँ सरकार बनेदेखि शेयर बजारमा आइरहेको गिरावटलाई लिएर लगानीकर्ता चिन्तित बनेका थिए । २९ सय विन्दुसम्म पुगेको नेप्से सूचक घटेर २६ सयको विन्दुमा आएपछि आत्तिएका लगानीकर्ताहरुले सोमबार अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई भेटेर आफ्ना गुनासो राखेका थिए । वाग्लेले आगामी दिनमा शेयर बजारका लागि स्वर्णिम अवसर आउने केही समय बजार शुद्धिकरणको बाटोमा गएको हुँदा समय लाग्ने हुँदा नआत्तिकन लगानी गर्न आग्रह गरेको थिए । उनको आड र भरोसाले लगानीकर्ता उत्साहित बनेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन नेप्से परिसूचक ८३.३३ अंकले बढेर २ हजार ७६०.०२ विन्दुमा आइपुगेको छ । बजार सुचारु अघिदेखि नै लगानीकर्ताहरुले भेटेपछि बजार सुरुवाति देखिनै बढेको थिए । बजार बढेसँगै कारोबार रकम पन १० अर्ब ९२ करोड रुपैयाँको भएको छ ।
यो दिन जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । उपकार लघुवित्त वित्तीय संस्था,भुजुङ हाइड्रोपावर,रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स,हिमालयन रिइन्स्योरेन्स,एनआरएन इन्फाष्ट्रचर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit