Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई
विज्ञापन
Advertisement

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार नेपाली कांग्रेसका संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो ।

भट्ट बैतडी प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई पनि बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना दिने निर्णय हो ।

त्यसैगरी, बैठकले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ। संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit