Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

किर्नेटारमा सडक निर्माणको काम सुस्त, राजधानीसँग सम्बन्ध टुट्ने जोखिम

किर्नेटारमा सडक निर्माणको काम सुस्त, राजधानीसँग सम्बन्ध टुट्ने जोखिम
विज्ञापन
Advertisement

रामेछाप । रामेछापलाई दोलखा हुँदै काठमाडौँसम्म जोड्ने पुष्पलाल राजमार्गको किर्नेटार क्षेत्रमा तामाकोसी नदीले कटान गरेको सडक निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

दुई वर्षअघि तामाकोसी नदीमा आएको बाढीले बगाएको सो सडक निर्माणको लागि एक वर्ष अघि नै ठेक्का लागेको भएपनि अहिले सडकको एक कुनामा बेस बनाउने काम बाहेक अन्य कुनै काम भएको छैन ।

बाढीले सडक बगाएपछि अहिले तामाकोसी किनारमा ढुङ्गा र बालुवा थुपारेर अस्थायी रूपमा सडक सञ्चालन गरिएको छ । नदीमा पानीको सतह बढेमा कुनै पनि बेला सो सडक बगाउने अवस्था छ ।पूर्वबाट काठमाडौं छिर्ने प्रमुख सडकको रूपमा रहेको बिपी राजमार्गमा समेत रोशी खोला क्षेत्रमा ठुलो क्षति पुगेको छ । सो सडक पनि निर्माणाधीन अवस्थामा रहेको छ । निर्माणको गतिलाई हेर्दा यस वर्षको वर्षामा सो सडक निर्माण कार्य पुरा हुने अवस्था छैन । रोशी खोलामा नै अस्थायी डाइभर्सन निर्माण गरी बनाइएको सो सडक रोशीमा सामान्य बाढी आउने बित्तिकै बगाउने गरेको छ ।

बिपी राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट काठमाडौँ छिर्ने प्रमुख सडकको रूपमा रहेको मन्थली–चरिकोट–काठमाडौं सडकमा पर्ने किर्नेटारको सडक निर्माणमा समेत चासो नदिँदा वर्षाको बेला पूर्वी नेपालका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर, रामेछाप, सिन्धुली लगायतका क्षेत्रको कठमाडौंसँग सम्बन्ध टुट्ने जोखिम छ ।

करिब ५ सय मिटर क्षेत्रमा सडक निर्माणको काम हुने हो भने सो सडक बाह्रै महिना सहज रूपमा सञ्चालन हुने अवस्था छ । तर पनि निर्माण व्यवसायीको लापरबाहीले सडक निर्माणको काम समयमा अघि बढ्न सकेको छैन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit