Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्छ : सांसद कार्की

नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्छ : सांसद कार्की
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद अर्जुन कुमार कार्कीले नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमानसँग जोडिएका राष्ट्रिय विकासका एजेन्डामा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न राज्य गम्भीर बन्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो मुलुको पररास्ट्र नीति खास गरेर आर्थिक कूटनीतिलाई महत्त्व दिनु पर्ने अवस्थामा हामी रहेको छौँ । हाम्रो देशले अन्य कुनै सामरिक महत्तको प्रश्न परराष्ट्र नीति र कार्यक्रम भन्दा हाम्रो सार्वभौमता, स्वधिनता र स्वाभिमानसँग संम्वन्धीत राष्ट्रिय विकासका एजेन्डा हरूमा अन्तर्राष्ट्रिय साहयता परिचालन गर्न विशेष महत्वका साथ हामी लाग्नु सक्नु पर्दछ ।’

उनले नेपाल अझै पनि अति कम विकसित राष्ट्रको सूचीमा रहेको स्मरण गराउँदै विकासशील राष्ट्रको स्तरमा उक्लिन आर्थिक कूटनीतिले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सांसद कार्कीले मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट वैदेशिक सहायता, लगानी र विकास साझेदारी आकर्षित गर्न परराष्ट्र सम्बन्धलाई आर्थिक हितसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे ।

उनका अनुसार राज्यले आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्नेछ। साथै गरिबी निवारण, विकास पूर्वाधार विस्तार तथा नेपाललाई विकासशील राष्ट्रको श्रेणीमा पु¥याउने लक्ष्य हासिल गर्न समेत सहयोग पुग्ने उनले बताए ।

उनले भने, ‘परराष्ट्रसँग सम्बन्धित कामलाई आर्थिक कूटनीतिको क्षेत्रमा विशेष महत्वका साथ राज्यले अगाडी बढाउन सक्यो भने मुलुकको आर्थिक सामाजिकलाई मात्र नभई वैदेशिक साहेता मित्र राष्ट्र प्राप्त गरी गरिबी निवारण, विकसित राष्ट्र स्रोनीबाट स्तर उन्नत गर्न बिकासील राष्ट्रकोमा लैजान महत्त्व पुर्न भूमिका खेल्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit