Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जलवायु अनुकूलनका लागि बैङ्क, वित्तीय संस्था र बीमा कम्पनीको लगानी बढाउन आग्रह

जलवायु अनुकूलनका लागि बैङ्क, वित्तीय संस्था र बीमा कम्पनीको लगानी बढाउन आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूले हरित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सहारा नेपालद्वारा आइतबार आयोजित ‘क्लाइमाक्लेभ १.०: शेयर द स्कोप, रेज द होप’ सम्मेलनअन्तर्गतको प्यानल छलफलमा सहभागी वक्ताहरूले जलवायुमैत्री विकासका लागि वित्तीय क्षेत्रको भूमिका थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा। नवराज पुडासैनीले नेपालको वन संरक्षण र व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समूह तथा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको बताए।

वरिष्ठ ऊर्जाविज्ञ डा. रामप्रसाद धितालले जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वच्छ तथा नवीकरणीय ऊर्जामा लगानी र यसको प्रयोग बढाउनुपर्ने धारणा राखे ।

नेपाल बैंकर्स एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा, नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष रामबहादुर यादव, सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले हरित लगानी प्रवर्द्धनका लागि बैंक, वित्तीय संस्था, बीमा कम्पनी र सहकारी क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit