Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्वास्थ्य मन्त्रालयमा दुई सचिवको व्यवस्था हट्यो, डा. देवकोटा सचिव बहाल

स्वास्थ्य मन्त्रालयमा दुई सचिवको व्यवस्था हट्यो, डा. देवकोटा सचिव बहाल
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले मन्त्रालयहरूको संख्या घटाएर १८ कायम गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था लागू गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सरकारको कार्य विभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूमा सचिवहरूको दरबन्दी मिलान गर्ने क्रममा स्वास्थ्य मन्त्रालयमा रहेको दुई सचिवको व्यवस्था हटाइएको हो। यसअघि मन्त्रालयमा स्वास्थ्य सेवातर्फ र प्रशासनतर्फ गरी दुई जना सचिव रहने व्यवस्था थियो।

नयाँ व्यवस्था अनुसार स्वास्थ्य सेवातर्फका सचिव डा. विकास देवकोटा मात्र मन्त्रालयमा बहाल रहनेछन्। उनले अब मन्त्रालयको सम्पूर्ण प्रशासनिक तथा प्राविधिक जिम्मेवारी सम्हाल्नेछन्। यता प्रशासनतर्फका सचिव डिल्ली शर्मा लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा सरुवा गरिएको छ। सोमबार नै उनको मन्त्रालयबाट औपचारिक बिदाइसमेत गरिएको छ।

सरकारको यो निर्णयसँगै स्वास्थ्य मन्त्रालयमा सचिवको संख्या एकमा सीमित भएको छ भने मन्त्रालयको नेतृत्व अब डा. विकास देवकोटाको काँधमा केन्द्रित भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit