Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गुणस्तरहीन भेटिएको एक ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य:यशोधा फुड्स

गुणस्तरहीन भेटिएको एक ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य:यशोधा फुड्स
विज्ञापन
Advertisement

काठमाडौं । यशोधा फुड्स प्रालिले गुणस्तरसम्बन्धी प्रश्न उठेको निश्चित एक ब्याचबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोग गर्न सुरक्षित रहेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले मंगलबार जारी गरेको सूचनाअनुसार ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम को उत्पादन मिति २०२६-०२-२३ तथा ब्याच नम्बर ०४ए भएको उत्पादनमा मात्र खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचना लागू हुने जनाएको छ। उक्त ब्याचबाहेक अन्य उत्पादन मिति वा फरक ब्याच नम्बर भएका करेन्ट चाउचाउहरू उपभोग गर्न पूर्ण रूपमा सुरक्षित रहेको कम्पनीको भनाइ छ।

कम्पनीले खाद्य तथा गुण नियन्त्रण कार्यालयले उल्लेख गरेको २०२६-०२-२३-०४ए ब्याचका उत्पादन बाहेक अन्य सबै उत्पादन गुणस्तरीय र खान योग्य रहेको स्पष्ट पारेको छ।

साथै, सो बाहेकका उत्पादनहरू उपभोक्ताले निर्धक्क रूपमा प्रयोग गर्न तथा विक्रेताले नियमित रूपमा बिक्री–वितरण गर्न सक्ने जनाएको छ। यशोधा फुड्सले उपभोक्ता, बिक्रेता तथा आधिकारिक वितरकहरूलाई अनावश्यक भ्रममा नपर्न आग्रह गर्दै सम्बन्धित ब्याचबाहेकका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा बजारमा उपलब्ध रहेको जनाएको छ। कम्पनीले गुणस्तर तथा खाद्य सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको समेत उल्लेख गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit