Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ भव्य रूपमा सम्पन्न

सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ भव्य रूपमा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आयोजित ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ भव्य रूपमा सम्पन्न भएको छ। एजेन्सीहरूको कार्यक्षमता अभिवृद्धि गर्दै बीमा व्यवसायलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम फागुन १६ देखि १८ गतेसम्म चितवनको भिजन सफारी, सौराहामा सम्पन्न भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्यालले एजेन्सीहरूलाई हौसला प्रदान गर्नुका साथै कम्पनीले लिएको व्यवसायिक रणनीति र लक्ष्यबारे जानकारी गराए। साथै, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं लगायत विभिन्न शाखा कार्यालयका उत्कृष्ट एजेन्सीहरूको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा सहभागी भएका एजेन्सीहरूले नयाँ जोश र ऊर्जा प्राप्त गरेको बताउँदै आगामी दिनमा अझ सशक्त भएर व्यवसाय अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कम्पनीले आगामी दिनमा यस्ता तालिम तथा विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit