काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनअघि उम्मेदवारी फिर्ता लिने क्रमसँगै प्रतिस्पर्धा चार जनामा सीमित भएको छ।
महामन्त्री पदका उम्मेदवार रञ्जु दर्शना, कविन्द्र बुर्लाकोटी र गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेका छन्। यसअघि जगदीश खरेल, प्रमोद न्यौपाने र राजुनाथ पाण्डेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। प्रमोद न्यौपानेले समेत विपिन आचार्यलाई समर्थन जनाएका छन्।
उम्मेदवारी फिर्तापछि अब महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। सुरुमा महामन्त्री पदका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, ६ जनाले उम्मेदवारी फिर्ता लिएपछि चार जना मात्रै चुनावी मैदानमा होमिएका छन्।
शुक्रबार हुने पदाधिकारी निर्वाचनमा महामन्त्री पदको प्रतिस्पर्धा रास्वपा महाधिवेशनको मुख्य आकर्षणका रूपमा हेरिएको छ।















प्रतिक्रिया दिनुहोस्