Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्विरोध, नयाँ कार्यसमितिमा को छन् ?

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा दिनेश थकाली निर्विरोध, नयाँ कार्यसमितिमा को छन् ?
विज्ञापन
Advertisement

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका अध्यक्ष दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

एसोसिएसनको कात्तिक आज सम्पन्न २१औँ वार्षिक साधारण सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानान्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, साङ्ग्रिला डेभलपमेन्ट बैंकका सीईओ रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं निर्वाचित भएका छन् । यसअघि एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले साङ्ग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएपछि थकालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

शुक्रबार नै पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष थकालीले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण, कर्जाको गुणस्तर र असुली सुधारलाई प्राथमिकतामा राख्ने बताएका छन् । साथै, सदस्य बैंकहरूबीच ज्ञान र उत्कृष्ट अभ्यासको आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । हाल नेपालमा आठ राष्ट्रियस्तरका र नौ क्षेत्रीयस्तरका गरी कुल १७ विकास बैंक सञ्चालनमा छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit