काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले निर्माण क्षेत्रका समस्या, व्यावहारिक चुनौती र तिनको समाधानका उपायबारे आज नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग प्रत्यक्ष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा निर्माण व्यवसायीले भोगिरहेका कठिनाइ, आयोजना कार्यान्वयनमा देखिएका अवरोध तथा सरकारले लिनुपर्ने नीतिगत सहजीकरणका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
बैठकमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनेछन्।
सरकार र निजी क्षेत्रबीचको समन्वयलाई प्रभावकारी बनाउँदै निर्माण क्षेत्रलाई गतिशील बनाउने उद्देश्यले प्रधानमन्त्रीले व्यवसायीसँग संवाद गर्न लागेको जनाइएको छ।
उद्योग व्यवसायीसँग छलफल गरेर ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। आज उनले निर्माण व्यवसायीलाई पनि भेटेर समस्याहरु बताउन र समस्या समाधान राख्नेगरी अघि बढ्न आग्रह गर्ने छन् । भौतिक पूर्वाधार मन्त्रीले निर्माण व्यवसायीलाई थुन्न र खुट्टा भाँचिदिने जस्ता अभिव्यक्ति दिएपछि त्रसित बनेको अवस्थामा उनीहरुलाई भेटेर आश्वासन दिने तयारी रहेको छ ।















प्रतिक्रिया दिनुहोस्