काठमाडौं । नेपालमा ओमोडा जेको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेको जे५ लाई दुई भेरियन्टमा उपलब्ध गराएको छ। कम्पनीले जेको जे५ प्रो लाई ४७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा र जेको जे५ लाई ५४ लाख ९९ हजार रुपैयाँमा बिक्रीका लागि उपलब्ध गराएको हो।
दुवै भेरियन्टमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, स्पेयर टायर, ४८० लिटरको बुट स्पेस तथा लेभल–२ उन्नत चालक सहायता प्रणाली उपलब्ध रहेको कम्पनीले जनाएको छ।
जेको जे५ प्रोमा ५०.७ किलोवाट–घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ। यसले एकपटकको पूर्ण चार्जमा ४०५ किलोमिटरको एनईडीसी रेन्ज दिने दाबी गरिएको छ। त्यस्तै, जेको जे५ मा ५८.९ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको छ, जसले ४६१ किलोमिटरको एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ।
दुवै भेरियन्टमा २८८ एनएम टर्क उपलब्ध छ। साथै, १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सले नेपालको विविध सडक अवस्थाका लागि उपयुक्त बनाउने कम्पनीको भनाइ छ।
जेको जे५ प्रोमा जेको जे५ को तुलनामा सानो ब्याट्री र कम रेन्ज भए पनि अधिकांश प्रमुख सुविधा समान छन्। प्यानोरामिक मुनरुफ, स्पेयर टायर, लेभल–२ उन्नत चालक सहायता प्रणाली र ४८० लिटरको बुट स्पेस दुवै भेरियन्टमा उपलब्ध छन्।
कम्पनीका अनुसार ४७ लाख ९९ हजार रुपैयाँको मूल्यमा जेको जे५ प्रो उपलब्ध भएसँगै ग्राहकले आफ्नो बजेट र आवश्यकताअनुसार विद्युतीय एसयूभी छनोट गर्न थप विकल्प पाएका छन्।
बढी रेन्ज चाहने ग्राहकका लागि जेको जे५ र तुलनात्मक रूपमा कम मूल्यमा समान प्रमुख सुविधा चाहने ग्राहकका लागि जेको जे५ प्रो उपयुक्त विकल्प बन्ने कम्पनीको अपेक्षा छ।
















प्रतिक्रिया दिनुहोस्