Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बीवाईडी सिगललाई ‘वर्ल्ड अर्बन कार अफ द इयर’ उपाधि

बीवाईडी सिगललाई ‘वर्ल्ड अर्बन कार अफ द इयर’ उपाधि
विज्ञापन
Advertisement

काठमाडौं । चिनियाँ अटो ब्रान्ड बीवाईडीको सिगल अर्थात् डल्फिन मिनी मोडेलले प्रतिष्ठित वर्ल्ड कार अवार्ड्स २०२५ अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयर को उपाधि जित्न सफल भएको छ। अमेरिकाको न्युयोर्कमा अप्रिल १६ तारिखमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शो मा विश्वभरका उत्कृष्ट ११ सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडी पहिलोपटक यो उपाधि जित्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको हो।

विज्ञापन
Advertisement
Advertisement

यस ऐतिहासिक उपलब्धिले विश्वव्यापी न्यु इनर्जी भेइकल (NEV) क्षेत्रमा बीवाईडीको प्रभावशाली उपस्थिति र नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः पुष्टि गरेको छ। बीवाईडी सिगल मा समावेश ओसन एस्थेटिक्स डिजाइन दर्शन, उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट शहरी प्रदर्शनका कारण यो मोडल विभिन्न मुलुकहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।

वर्ल्ड कार अवार्ड्समा ९६ जना अन्तर्राष्ट्रिय अटो विशेषज्ञ निर्णायकहरूले सिगलको अग्रगामी डिजाइन, प्रभावशाली अर्बन मोबिलिटी परफर्मेन्स र विश्वव्यापी बजार अनुरूपको क्षमता लाई विशेष प्रशंसा गरेका थिए। बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला ली ले उक्त अवसरमा भनिन्, “बीवाईडी सिगललाई वर्ल्ड अर्बन कारको रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीले विश्वभरका ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा दिने संकल्पलाई अझ सुदृढ बनाउँछ।”

अघिल्ला वर्षहरूमा पनि बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। २०२४ मा बीवाईडी डल्फिन वर्ल्ड अर्बन कारको शीर्ष ३ मा स्थान बनाउँदा बीवाईडी सिल ‘वर्ल्ड कार अफ द इयर’ को उत्कृष्ट ३ मा पर्न सफल भएको थियो—यस्तो उपलब्धि कुनै पनि चिनियाँ अटो कम्पनीले हासिल नगरेको थियो।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक ले यसअघि नै सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ। कम्पनीले छिट्टै यसको नेपालमा आधिकारिक लन्च गर्ने तयारी गरिरहेको जनाएको छ। उच्च स्तरको डिजाइन, नविन प्रविधि र किफायती मूल्यको संयोजनले गर्दा यो मोडल नेपाली बजारमा एकदमै प्रतिक्षित बनेको छ।

बीवाईडीले आगामी दिनहरूमा पनि प्रविधि र नवप्रवर्तनमार्फत हरित यातायात प्रणालीको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ। कम्पनीले पृथ्वीलाई १ डिग्री सेल्सियसको दरले चिसो राख्ने ग्लोबल क्लाइमेट गन्तव्य अभियानमा निरन्तर योगदान दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit