Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

न्यूनचापीय क्षेत्र कमजोर हुँदै, भोलिदेखि मौसममा सुधार आउने

न्यूनचापीय क्षेत्र कमजोर हुँदै, भोलिदेखि मौसममा सुधार आउने
विज्ञापन
Advertisement

काठमाडौं। देशका केही भूभागमा आज दिउँसोसम्म वर्षा जारी रहने भए पनि भोलिदेखि मौसममा धेरै हदसम्म सुधार आउने मौसमविद् सञ्जिक अधिकारीले बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसार भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट नेपालतर्फ पानी बोकेको हावा आइरहेकाले विशेषगरी मधेश, बागमती र कोशी प्रदेशका पश्चिमी तथा मध्य भूभागमा वर्षाको सम्भावना रहेको छ।मौसमविद् अधिकारीका अनुसार शनिबार राति देशको मध्य भूभागमा ठूलो वर्षा भएको थियो। अहिले पनि ती क्षेत्रमा बादल लागिरहेको र केही स्थानमा सामान्य वर्षा भइरहेको उनले बताए। ‘भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्र यहाँ रहेको छ। त्यतिले मात्रै होइन, नेपालमा बंगालको खाडीपट्टीबाट पनि पानी बोकेको हावा आइपुग्दा मधेश, बागमती र कोशीका पश्चिमी भूभागमा धेरै वर्षा हुन सक्ने देखिन्छ,’ अधिकारीले भने।

आज दिउँसो कहाँ पानी पर्छ ?

अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुन सक्छ। त्यस्तै कर्णालीदेखि पूर्वतर्फका मध्य भूभाग, मधेश, बागमतीलगायतका क्षेत्रमा पनि वर्षाको सम्भावना छ। यद्यपि अधिकांश क्षेत्रमा मध्यम वर्षा हुने र भारी वर्षा सीमित स्थानमा मात्रै हुन सक्ने उनले बताए।आज दिउँसो मधेश प्रदेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीका तल्लो, पहाडी तथा हिमाली भूभाग, लुम्बिनीका दक्षिणी क्षेत्र र सुदूरपश्चिमका हिमाल, पहाड तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। अधिकारीले ‘एक–दुई स्थानमा भारी वर्षा’ भन्नाले सम्बन्धित भूभागको करिब १० प्रतिशतसम्म क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्ने अर्थ लाग्ने स्पष्ट पारे।

राति भारी वर्षाको सम्भावना छैन

आज रातिबाट भने मौसममा क्रमशः सुधार आउने उनको भनाइ छ। रातिका लागि भारी वर्षाको सम्भावना नरहेको र कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुन सक्ने उनले बताए। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने भए पनि भारी वर्षाको सम्भावना नरहेको अधिकारीले जानकारी दिए।

कमजोर जमिन र खोलामा जोखिम

शनिबार राति ठूलो वर्षा भएका तथा अहिले जमिन कमजोर रहेका क्षेत्रमा थप वर्षा हुँदा खोलाको जलसतह बढ्ने र पहिरोको जोखिम समेत रहेकाले आज दिउँसोका लागि विभिन्न क्षेत्रमा चेतावनी जारी गरिएको अधिकारीले बताए। उनका अनुसार जोखिमयुक्त क्षेत्रमा रातो रङको चेतावनी जारी गरिएको छ भने बागमतीका केही क्षेत्रमा पहेँलो चेतावनी दिइएको छ। गण्डकीका माथिल्ला भूभाग तथा सुदूरपश्चिममा सतर्क रहनुपर्ने गरी सुन्तला रङको चेतावनी जारी गरिएको छ। कर्णालीमा भने पहेँलो चेतावनी रहेको छ। ‘गएराति ठूलो पानी परेको र अहिले पनि जमिन कमजोर रहेका कारण थप वर्षाले खोला बढ्नुका साथै पहिरोको जोखिम रहन्छ’ अधिकारीले भने।

भोलिदेखि मौसममा उल्लेख्य सुधार

मौसमविद् अधिकारीका अनुसार भोलि (सोमबार) देखि देशभर मौसममा धेरै हदसम्म सुधार आउने देखिएको छ। तराईका धेरै भूभागमा घाम लाग्ने तथा पहाडी क्षेत्रमा क्षणिक रूपमा सामान्य वर्षा भए पनि घाम र बादलको अवस्था रहने उनको भनाइ छ।‘सोमबारदेखि मौसममा धेरै हदसम्म सुधार आउँछ। तराईमा केही घमाइलो अवस्था रहनेछ भने पहाडी भूभागमा क्षणिक सामान्य वर्षा भए पनि घाम र बादलको अवस्था दुवै हुन सक्छ,’ अधिकारीले बताए। उनले आज साँझ ६ बजे जारी हुने मौसम पूर्वानुमान तथा चेतावनी नक्सालाई समेत ध्यान दिन आग्रह समेत गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit